Wednesday, September 9, 2009

गाउँबाट भर्खरै शहर आएका एउटा केटा पसलमा गएछ:

Dashain Special jokes in Nepali
गाउँबाट भर्खरै शहर आएका एउटा केटा पसलमा गएछ:
केटा: साहुजी, यहाँ के-के पाइन्छ ?
साहुजी: यहाँ कोक, फेन्टा, पेप्सी... सबै पाइन्छ ।
केटा: त्यसोभए मलाई कोक र पेप्सी गरेर एक पाथी राख्दिनुस न ।

Wednesday, April 1, 2009

nepali jokes and sms

मुन्द्रेले टेलीफोनको नम्बर डायल गर्यो। उता

मुन्द्रेले टेलीफोनको नम्बर डायल गर्यो। उता केटीले फोन रिसिभ गरी।

मुन्द्रे:- तिमी को बोलेको?

केटी:- सिता बोल्दैछु।

मुन्द्रे:- ए, मैले जनकपुर गरेको त, अयोध्या पो पुगेछ।

मुन्द्रेलाई एक दिन पुलिस ईनिस्पेकटर बनाईएछ

पहिको केस

महिला : मेरो श्रीमान चार दिन अगाडि आलु लिन जानु भएको थियो अहिले सम्म फर्कनु भएको छैन॥

मुन्द्रे: तपाई अरु नै केहि तरकारी पकाउनुस न त।



एक दिन मुन्द्रे र एक जना मान्छे बिसौ तल्लामा बसेर कुरा गर्दै थियो। अकस्मात कसैले मुन्द्रेलाई “मुन्द्रे स्यामेको छोराको मुत्यु भएछनी।

बियोग सहन नसकि मुन्द्रे २० तल्लाबाट हाम फाल्यो।उ तल झर्न लाग्यो।

जब उ ८ औ तल्लामा पुग्यो उसले सम्झयो उसको त छोरा नै छैन

जब ऊ ५ औ तल्लामा पुग्यो उसले सम्झयो कि उसको त बिहे नै भा छैन

जब ऊ २ औ तल्लामा पुग्यो उसले आफु मुन्द्रे भएको सम्झयो ॥




एउटा विद्यार्थीले जाँच सकेर आएपछि भनेछ : “हे भगवान ! काठमण्डौलाई चीनको राजधानी बनाई देऊ ।“

हाँस्दै अर्कोले सोधेछ: “तँ त ठीकमा छस् ? यस्तो कुरा पनि भगवानसँग माग्ने?”

उसले भनेछ : “माग्न परेन त, आज मैले उत्तर पुस्तिकामा त चीनको राजधानी काठमाण्डौ लेखेको छु ।“


शिक्षक : राम तिमी भन त कमिलाको खाना भन्दा सानो के हुन्छ ?

राम : सोँच्दै ! सर, त्यो त कमिलाको मुखनै हो नि ।

बैंकमा डकैती सुरु भएछ, लुटेराले बैंकको क्यासियरलाई बाँधिदिएछ । लुटीसकेपछि लुटेरा भाग्न लाग्दा क्यासियरले जोडले कराएर भनेछ:- “मित्र, यो फाईल पनि साथमै लिएर जाउ, मेरो हिसाबमा यो फाईलमा दूई लाखको गडबड छ ।“

केटा: प्रिय, म तिमीलाई बिहे गर्न सक्दिन ल मेरो घरबाट मन पराउँदैनन्।

केटी: तिम्रो घरमा को को छ नि?

केटा: एउटी श्रीमति र तीन बच्चा...।

स्कुलमा शिक्षकले हरिलाई सोधेछ...

शिक्षक: तिम्रो बुबा कति वर्षको हुनु भयो?

हरि : सर, म जति वर्षको भएँ त्यत्ति नै मेरो बाबा पनि त्यत्तिनै वर्षको हुनुभयो ।

शिक्षक: यो कसरी संभव हुन्छ ?

हरि : सर, उहाँ बुबा हुनुभएको म जन्मे पछि त हो नि ।

एक केटीलाई प्रेम प्रस्ताव राखेछ...

केटीले भनेछ: म त तिमी भन्दा एक वर्ष जेठी छु ।

केटाले भनेछ: केहि फरक पर्दैन, म तिमीलाई एक वर्षपछि मात्र बिहे गर्छु ।

दुईजना प्रेमीहरुले आत्मा हत्या गर्ने सल्लाह गरेछन् । पहिले केटा हाम फालेछ, केटीले आँखा बन्द गरेर भनेछ, ऐ फर्क प्रेम अन्धो हुन्छ, केटाले प्यारासुट खोलेर हावामा उड्दै भनेछ, प्रेम कहिल्यै मर्दैन...।

मर्ने बेलामा पतिले आफ्नो पत्नीलाई सबै साचो कुरा भन्न चाहेछ। र भनेछ:- मैले तिमीलाई जिन्दगी भरी धोका दिए। मेरो धेरै केटीहरुसँग नाजायज सम्बन्ध थियो।
पत्नी:- म पनि तिमीलाइ सबै साचो कुरा भन्न चाहान्छु, तिमी बिरामी भएर मर्न लागेको हैन, मैले तिमीलाइ स्लो पोइजन दिएर यस्तो भएको हो।"

शिक्षक:- भन त मुन्द्रे आज स्कुल ढिलो आउनको के बाहाना सोचिरहेको छौ?

मुन्द्रे:- आज म यति छिटो दौडदै आए कि सर मैले कुनै बाहाना सोच्नै भ्याइन।

एक बच्चा:- यदि दिनमा सुर्य ननिस्किने हो भने के हुन्छ?

अर्को बच्चा:- बिजुलीको बिल बढ्छ।

छोरा आफ्नो बुवासँग:- बुवा तपाई र म मा को योग्य र राम्रो मान्छे हो?

बुबा:-त भन्दा म योग्य र राम्रो मान्छे हो, किनकि म तेरो बाबु हुँ, अर्को उमेरमा पनि त भन्दा ठुलो म हुँ, र बुद्दिमा पनि मेरै बढी छ।

छोरा:- त्यसो भने त तपाइला थाह होला, कि अमेरिका कस्ले पत्ता लगायो

बुबा:- अमेरिका कोलम्बसले पत्ता लगायो ।

छोरा:- कोलम्बसको बुबाले किन पत्ता लगाएन किनकि कोलम्बसको बुबा उमेरमा पनि कोलम्बस भन्दा ठुलो हुनुहुन्थ्यो र बुद्दिमा पनि उहाकै बढी थियो होला नि ।



छोरा आफ्नो बुवासँग:- बुवा तपाई र म मा को योग्य र राम्रो मान्छे हो?

बुबा:-त भन्दा म योग्य र राम्रो मान्छे हो, किनकि म तेरो बाबु हुँ, अर्को उमेरमा पनि त भन्दा ठुलो म हुँ, र बुद्दिमा पनि मेरै बढी छ।

छोरा:- त्यसो भने त तपाइला थाह होला, कि अमेरिका कस्ले पत्ता लगायो

बुबा:- अमेरिका कोलम्बसले पत्ता लगायो ।

छोरा:- कोलम्बसको बुबाले किन पत्ता लगाएन किनकि कोलम्बसको बुबा उमेरमा पनि कोलम्बस भन्दा ठुलो हुनुहुन्थ्यो र बुद्दिमा पनि उहाकै बढी थियो होला नि ।



छोरा आफ्नो बुवासँग:- बुवा तपाई र म मा को योग्य र राम्रो मान्छे हो?

बुबा:-त भन्दा म योग्य र राम्रो मान्छे हो, किनकि म तेरो बाबु हुँ, अर्को उमेरमा पनि त भन्दा ठुलो म हुँ, र बुद्दिमा पनि मेरै बढी छ।

छोरा:- त्यसो भने त तपाइला थाह होला, कि अमेरिका कस्ले पत्ता लगायो

बुबा:- अमेरिका कोलम्बसले पत्ता लगायो ।

छोरा:- कोलम्बसको बुबाले किन पत्ता लगाएन किनकि कोलम्बसको बुबा उमेरमा पनि कोलम्बस भन्दा ठुलो हुनुहुन्थ्यो र बुद्दिमा पनि उहाकै बढी थियो होला नि ।

भारतको कुनै स्कुलमा शिक्षक कक्षामा पढाउदै थियो। उसले एक बिद्यार्थीलाई सो्ध्यो:- निशा आयकर, बिक्रीकर, भूमिकर सँग मिल्ने कुनै एक शब्द भन्न सक्छौ?

निशा:- "सर, एक मात्र हैन म 3 शब्द भन्छु, सुनील गावासकर, सचिन तैंदुलकर र दिलीप वेंगसरकर।"

कक्षामा शिक्षकले पढाईरहेको बेलामा मुन्द्रे हल्ला गरिरहेको थियो।

शिक्षक:- (हकार्दै) मुन्द्रे त अघिदेखी हल्ला गरिरहेको छस् , ल भन त कुन महिनामा २८ दिन हुन्छ?

मुन्द्रे:- सर, २८ दिन त जुनै महिना मा पनि हुन्छ नि।

कक्षामा शिक्षकले पढाईरहेको बेलामा मुन्द्रे हल्ला गरिरहेको थियो।

शिक्षक:- (हकार्दै) मुन्द्रे त अघिदेखी हल्ला गरिरहेको छस् , ल भन त सगरमाथा कहाँ छ?

मुन्द्रे:- सर, मलाई त थाहा छैन।

शिक्षक:- (हकार्दै) ल त बेन्च माथी उठ।

मुन्द्रे:- सर, बेन्चबाट देखिन्छ त?

एक ब्यापारी बुवा र छोरा

छोरा:- बुवा मैले यस. एल. सी. मा फष्ट डिभिजन ल्याए। हिसाबमा त १०० मा ९५ ल्याए।

बुवा:- थुइक्क बजिया, म १०० को लाई १५० बनाउछु, त भने १०० मा पनि ९५ ल्याउछस्। तैले गरि नखाने भइस्।

दुईजना केटाहरु प्लेनको यात्रा गरिरहेको थिए। प्लेन कुइरोमा फसिरहेको थियो।

पहिलो केटा:- हेर त प्लेन त कुइरोबाट निस्किन सकिरहेको छैन, खस्छ कि क्या हो?

दोस्रो केटा:- खसे खसोस् हामीलाई ठगेर किनेको प्लेन , खसे अर्को किन्छ नि।

रातामकै:- तिम्रो यति राम्रो कपाल छ, कसरी तिम्रो यति राम्रो कपाल भयो। ममी बाट कि ड्याडी बाट प्राप्त भयो?
मुन्द्रे:- ड्याडीबाट होला।
रातामकै:- कसरी?
मुन्द्रे:- मेरो ड्याडीको टाउकोमा एउटा पनि कपाल छैन नि त। छोरा:- ममी म पास भए।
ममी:- ल धन्यबाद, तिम्रो कक्षमा कोहि फेल त भएन?
छोरा:- भयो नि, हाम्रो सर
ममी:- कसरी?
छोरा:- हामी पास भएर अर्को कक्षामा जान्छौ तर सर त्यहि कक्षामा रहनुहुन्छ नि त। छोरा:- डाइरेक्ट र इनडाइरेक्ट ट्याक्समा के फरक छ बुबा?
बुबा: डाइरेक्ट ट्याक्स भनेको तिमीले म सँग पैसा माग्नु हो र इनडाइरेक्ट ट्याक्स भनेको तिमीले मेरो खल्तीबाट
सुटुक्क मैले थाह नपाइ पैसा निकाल्नु हो। पत्नी:अब देखी मलाई दु:ख दियौ भने म तिमीलाई छोडेर माईति जान्छु अनि उतै बाट डिभोर्सको प्रक्रिया अगाडी बढाउछु।
पति:- यस्तो मिठा मिठा कुरा गरेर मलाई नफकाउन न प्रिये।
पुलिस:-(हकार्दै) भन त एक्लै चोरी गर्छस कि तेरा अरु पनि साथीहरु छन?
चोर:- एक्लै हजुर
पुलिस:-(हकार्दै) किन एक्लै?
चोर:- अचेल इमान्दार मानिस नै कहाँ पाइन्छ र हजुर!
एकदिन मुन्द्रे बजारबाट दशैको किनमेल गरेर झोलामा कुखुरा राखेर आउदै थियो। राता मकैले त्यो देखेर सोध्यो:- के हो मुन्द्रे भान्जा किनमेल त निकै छ नि। कति वटा कुखुरा ल्याएको, मैले नहेरी भनेर मिलाए भने तिमी मलाई एउटा कुखुरा दिन्छौ?

मुन्द्रे:- ल नहेरी मिलायौ भने, एउटा त के यि म दुइटै भाले दिन्छु।

कक्षामा शिक्षकले पढाईरहेको बेलामा मुन्द्रे हल्ला गरिरहेको थियो।

शिक्षक:- (हकार्दै) मुन्द्रे त अघिदेखी हल्ला गरिरहेको छस् ल भन त १०फिट अग्लो पर्खाल लगाउन १० जनालाई ८ घण्टा लाग्छ भने ४ जनालाई कति घण्टा लाग्छ?

मुन्द्रे:- सर १ मिनेट पनि लाग्दैन?

शिक्षक:-कसरी?

मुन्द्रे:- सर त्यो पर्खाल त अघिकै १० जनाले बनाइसके नि?

रातामकै:- मुन्द्रे तेरो ए.टि.यमको पिन कोड मैले पत्ता लगाए।

मुन्द्रे:- लु भन त?

रातामकै:-४ वटा हैन?

मुन्द्रे:- हैन, ५०९१ पो हो त।

कुनै भट्टीमा मुन्द्रे पुगेछ र होटलको साहुलाई भनेछ:- ओ साउजी यि सबैलाई मेरो तर्फबाट १-१ पेग फ्रि दिनु र बिल चाहि मलाई दिनु। साउजीले सबैलाई १-१ पेग दियो र बिल मुन्द्रेलाई दियो। तर मुन्द्रेले आफुसँग पैसा नभएको कुरा साउजीलाइ भन्यो त्यसपछि साउजीले दुई झापड दिएर मुन्द्रेलाई त्यहाबाट खेदायो।



फेरी भोलीपल्ट भट्टीमा मुन्द्रे पुगेछ र होटलको साहुलाई भनेछ:- ओ साउजी यि सबैलाई मेरो तर्फबाट १-१ पेग फ्रि दिनु र बिल चाहि मलाई दिनु। साउजीले आज त पैसा तिर्छ होला हिजोको मेरो थपड बिर्सिएको छैन होला भनेर सबैलाई १-१ पेग दियो र बिल मुन्द्रेलाई दियो। तर मुन्द्रेले आफुसँग पैसा नभएको कुरा साउजीलाइ भन्यो त्यसपछि साउजीले मर्ने गरी कुट्यो र मुन्द्रेलाई त्यहाबाट खेदायो।

पर्सिपल्ट पनि भट्टीमा मुन्द्रे पुगेछ र होटलको साहुलाई भनेछ:- ओ साउजी यि सबैलाई मेरो तर्फबाट १-१ पेग फ्रि दिनु र बिल चाहि मलाई दिनु। साउजीले आज त पैसा तिर्छ होला हिजोको मेरो कुटाइ बिर्सिएको छैन। अब त पैसा तिर्ने हिम्मत पनि गर्न सक्दैन होला भनेर सबैलाई १-१ पेग दियो र बिल मुन्द्रेलाई दियो। र भन्यो:- ओ भाइ, सबैलाई १-१ पेग फ्रि दिन्छौ, मलाई चाहि किन दिदैनौ? तपाई रक्सी नखादा त यस्तरी कुट्नु हुन्छ, झन खाएपछि त आफ्नो अर्काको नछुट्याइ कुट्नु हुन्छ होला नि त।

मुन्द्रेले यसपालीको दशैमा एक जोर जुत्ता किनेछ। त्यो देखेर तारामकैले सोध्यो:- ओ भान्जा जुत्तालाई कति हाल्यौ?

मुन्द्रे:- यि देखेनौ, बुढी औला देखी कुर्कुचा सम्म हालेको।

खलासी:- ओ दाई तपाइ कहाँबाट चढ्नु भएको?

मुन्द्रे:- (बसको ढोका देखाउदै) उ त्यो ढोकाबाट चढेको।

एउटा ट्याक्सीमा एक जना माडवडि गइ रहेको थियो अकस्मात ड्राईभर डराउदै

ड्राईभर : ट्याक्सीको ब्रेक फेल भयो के गर्ने ?

माडवाडि: पहिले मिटर त बन्द गर ।

एक शिक्षक : रामु तिमी यस्तो दुई आविष्कारको नाम बताऊ, जसले मानिसलाई माथि उठायो ।

रामु : सर, एक लिफ्ट र दोस्रो अलार्म घडि ।

श्रीमती आफ्नो श्रीमानबाट

श्रीमति : म अब यो घरमा एक मिनेट पनि बस्न सक्दिन ।

श्रीमान : त्यसो तिमी के गर्छौ त ?

श्रीमति : म माइत जान्छु, अब म तिमीलाई डिभोर्स दिन्छु ।

श्रीमान : यस्तो राम्रो राम्रो कुरा गरेर तिमी मलाई कहिल्यै मुर्ख बनाउन सक्दैनौ ।

छोरा : बाबा, त्यो छिमेकको अंकलको नाम डार्लिङ हो ?

बाबा : होइन छोरा, उसको नाम त रमेश हो ।

छोरा : त्यसो भए तपाँई अफिस जानुभएपछि आमाले त्यो अंकललाई किन डार्लिङ भरे चाडै घर आउ भन्नुहुन्छ त ?

एउटा नेताले सभामा साह्रै छोटो भाषण दियो, त्यो देखेर उसको एक कार्यकर्ताले सोधेछ

कार्यकर्ता : नेताज्यू, तपाँईले आज किन यति छोटो भाषण दिनुभएको ?

नेता : मेरो घाँटीले गर्दा।

कार्यकर्ता : के तपाँईको घाँटीमा केहि समस्या छ ?

नेता : होइन, मैले चिठी पाएको थिएँ, जसमा लेखेको थियो, जसले लामो भाषण गर्छ उसको घाँटी काटिनेछ ।

मुन्द्रेले टेलीफोनको नम्बर डायल गर्यो। उता केटीले फोन रिसिभ गरी।

मुन्द्रे:- तिमी को बोलेको?

केटी:- सिता बोल्दैछु।

मुन्द्रे:- ए, मैले जनकपुर गरेको त, अयोध्या पो पुगेछ।

मुन्द्रेलाई समुन्द्रमा टाइटानिक डोब्दै गरेको बेलामा एक मानिसले सोध्यो:- दाई, कति पर जमिन भेटिन्छ?

मुन्द्रे:- २ कि. मि. पर

त्यो मानिस समुन्द्रमा हाम फाल्यो र बोल्यो:- कुन दिशा तिर?

मुन्द्रे:- मुनितिर

मुन्द्रे:- ओई भोकलाग्यो, कफी छिटो पिइ, त चिसो भइसक्यो।

भोकलाग्यो:- चिसो भएर के हुन्छ त?

मुन्द्रे:- बेबकुफ, मेनु हेरिनस्, हट कफी २० रुपैया, कोल्ड कफी ४० रुपैया

nepali sms

ग्राहक:-यदि मैले यो चिठ्ठी आज पोष्ट गरे भने पर्सी र पोखरा पुग्छ नि हैन?
पोष्ट मास्टर:- जरुर, किन नपुग्नु।
ग्राहक:-म बाजी राखछु यो पुग्दैन।
पोष्ट मास्टर:- किन पुग्दैन?
ग्राहक:- किनकि यसको ठेगाना काठमाण्डौको छ।
एउटा केटो अमेरिका देखी आफ्नो घर नेपाल फर्कियो र आफ्नो बुवालाई भन्यो:- बुबा म सँग एक भियाग्रा को चक्की छ।
पिता:- मैले धेरै गोलीको प्रयोग गरे तर केही फाइदा भएन्।
छोरा:- यदि मैले भनेको चक्की प्रयोग गर्नु भयो भने तपाइले मेरो सिरानीको मुनि १०० को नोट राखनु हुन्छ।
दोस्रो दिन छोराले आफ्नो सिरानी मुनि हेर्यो त्यहा ५०० देखयो र बुवालाई सोध्यो:- बुबा तपाईले १०० को सट्टा ५०० कोन राख्नु भयो?
बुबा:- मैले त १०० नै राखेको थिए, तर मेरो पछि तेरो स्वास्नीले ४०० राखेर गइ।
एक देशी शिक्षक क्लास लिइरहेको थियो, उसको पेन्टको चेन खुला थियो। त्यो देखेर २ केटी हासीरहेका थिए, त्यो देखेर शिक्षक बोल्यो:- ज्यादा हासिस भने बाहिर निकालेर फुलाएर दिन्छु।
बाख्रा र सुङगुरको बस्ने ठाऊ नभएकोले गर्दा उनिहरुले शिवजीको तपस्या गरेछन्। शिवजी प्रसन्न भएर प्रकट हुनुभएछ र सोध्नु भयो:- मेरा प्यारा बालक, तिमीहरुलाई के आपत पर्यो?
सुङगुर:-हामीलाई बस्नको लागि खोर भएन। हामीलाई दया गर्नुहोस्।
शिवजी:- ल! मैले बनाइदिएको त्यत्रो खोर कै त?
बाख्रा:- त्यो त प्रकाश ओझाले भत्काइदियो नि।

शिक्षक:- तलाई गधा ! यति पनि आउदैन?
राम:- सर पनि खाली गधा गधा मात्र भन्नुहुन्छ, कहिले पनि राम भनेर बोलाउनुहुन्न।
(अर्को दिन सरको अगाडी डाक्टर लिएर आउछ)
नमस्ते सर!
शिक्षक:- अनिँ त गधाले चाँहि डाक्टर किन बोलाको नि?
राम:- के गर्नु सर तपाई मलाई गधा मात्र देख्नुहुन्छ, त्यहि भएर तपाईको आँखा देखाउन ल्याएको नि।
बिद्यार्थी:- सर मलाई जसरी भएपनि पास गराइदिनुहोस्। अहिले पास भइन भने मेरो त जहाजै डुब्छ।
शिक्षक:- स्कुल आउदा लुरुलुरु हिडेर आउछौ, साइकल त छैन तिम्रो जहाज डोब्छ भन्छौ?
जज:- तिमीलाई पटक पटक अदालतमा आउन लाज लाग्दैन?
चोर:- हजुर म त कहिले काही मात्र आउछु, तर तपाइ त दिनदनै आउनु हुन्छ, लाज त तपाईलाई लाग्नु पर्ने हो नि।
चौकीदार:- तँ आप चोर्छस् तेरो घरमा गएर तेरो बुबालाई भनिदिउ?
केटो:- बुबा घरमा भेटिनुहुन्न! बुबा पनि छिमेकीको आँप टिप्दै हुनुहुन्छ।
शिक्षक:- ल भन त दिपेश, राम किन वनबास गएका थिए?
दिपेश:- सर काठ चिर्न गएका होलान् नि त।
प्रेमिकाले प्रभावको छातीमा हात राखदै भनिछ:- तिम्रो दिल त पथ्थर जस्तै कडा रहेछ।
प्रेमी:- (हास्दै):- हिइन डार्लिङ तिम्रो हात त मेरो गोजीमा भएको लाइटरमा छ।
चौकीदार:- तँ आप चोर्छस् तेरो घरमा गएर तेरो बुबालाई भनिदिउ?
केटो:- बुबा घरमा भेटिनुहुन्न! बुबा पनि छिमेकीको आँप टिप्दै हुनुहुन्छ।
पागल:-त्यति जाबो पनो थाहा हुदैन त हजुर, मिर्गौला त कोखमा हुन्छ।
डाक्टर:-हँ! तैले कसरी थाह पाइस्?
पागल:-(दिमागमा हातले देखाउदै) यो सबै मेरो फोक्सोको कमाल हो।
डाक्टर:-ए ! पागल यहा आएर भन, मिर्गौला कहाँ हुन्छ?
पागल:-छातीमा हुन्छ, डाक्टर साब
डाक्टर:-साले गोरु यहि हो सद्दे भएको, भित्र जा, ओई साले त पागल आइज।(अर्कोलाई बोलाउदै) ल भन मिर्गौला कहाँ हुन्छ?
पागल:-छातिमा नि
डाक्टर:- साले गोरु त पनि यहि हो सद्दे भएको, भित्र जा, ओई साले त पागल आइज।(अर्कोलाई बोलाउदै) ल भन मिर्गौला कहाँ हुन्छ?
दुईजना मन्त्रीहरु हेलिकप्टरमा बसेर बाढीग्रस्त क्षेत्रको निरिक्षण गरिरहेका थिए।
पहिलो मन्त्री:- यदि मैले यहाँबाट ५०० को नोट फ्याके भने ति पिडित जनताहरु कति खुसी होलान् हगि?
दोस्रो मन्त्री:- मैले पि यहाँबाट १००० को नोट फ्याँके भने झन् जनता कति खुसी होलान्।
(दुबै मन्त्रीको कुरा सुनेर पाइलटलाई ज्यादै रिस उठेछ र झोकिदैँ)
भनेछ:- यदि मैले तपाईहरु दुबैलाई यहाबाट फ्याकेँ भने ति जनताहरु सबैभन्दा बढि खुसी होलान्।
कृष्ण :- मलाई आज भोली निन्द्रा नै लाग्दैन यार ।
रमेश :- अँ..!, त्यसो भए तिमी एउटा उपाय गर ।
कृष्ण :- के छ त्यस्तो उपाय ?
रमेश :- तिमी राती जहिल्यै आधा-आधा घण्टामा हुस्की पिउने गर ।
कृष्ण :- किन नि ?
रमेश :- तिमी कमसे कम आधा घण्टा त सुत्न पाउँछौ ।
बिरामी : डाक्टरसाप ! मेरो आँखाको अगाडि दाग देखाईदिनुस न ।
डाक्टर : किन, तिम्रो चश्माले राम्रो देखिरहेको छैन ?
बिरामी : हैन सर ! मेरो चश्माले दागलाई पनि सफा बनाएर देखाईरहेको छ ।
एउटा मानिस रेष्टुरामा बसेर पिउदै थियो। उ जति पिउदै जान्थ्यो उति नै पर्सबाट आफ्नो स्वास्नीको फोटो निकाल्दै हेर्थ्यो। एक पेग स्वाट्ट पार्थ्यो अनि फेरी पर्सबाट आफ्नो स्वास्नीको फोटो निकालेर हेर्थ्यो। त्यो अघी देखी हेरिरहेको मान्छेले अचम्ममा पर्दै सोध्यो:- किन तिमी एक पेग लिन्छौ, अनि फोटो हेर्छौ, अनि फेरी पिउन सुरु गर्छौ, यो के गरेको?
पिउने मान्छे:- वास्तबमा यो मेरो स्वास्नीको फोटो हो, जब मलाई उ राम्री लाग्छे अनि मात्र म घर जान्छु।
एक बृद्दा अस्पतालमा चेकअप गर्न गईन र एउटा जवान डाक्टरले उनीलाई क्याबिन मा लगेर चेकअप गर्न थाल्यो तर अचानक बृद्दा चिच्याउदै बाहिर आई। त्यो देखेर सिनियर डाक्टरले सबै कुरा बुझ्न चाहयो र त्यसपछि जवान डाक्टरलाई हकार्दै भन्यो:- तपाईको दिमाग ठिक मा त छ, तपाई ६५ बर्षको बृद्दालाई गर्भवति भन्दै हुनु हुन्छ?
जुनियर डाक्टर:- सर म कर गरु, उहाको बाडुली रोक्ने अर्को उपाया नै मसँग थिएन।
आमा:- हेर छोरी त यती राम्री छस् कि म तेरो बिहे कुनै ठुलो घरमा गरिदिन्छु।
छोरी:- आमा मेरो बिहे सानो घरमा नै गरिदिनु, आखिरमा सफा त मैले नै गर्नु पर्छ नि हैन।
ग्राहक चकित हुदै:- तिमिले कसरी म यो होटलमा पहिलो चोटी आएको हो भनेर थहा पायौ?
वेटर:- यहा जो एक चोटी खाना खाएर जान्छ दोस्रो पल्ट फर्केर कहिल्लै आउदैन।

पसलमा एउटा मान्छे आएर कहिले यो सामान त कहिले त्यो सामान उठाएर हेर्दै राखछ। त्यो देखेर साउजीलाई वाक्क लाग्छ ।
पसलेले:- आखिर तपाईलाई के चाहिएको हो?
मान्छे:- मौका
पुत्र (पितासँग):- पिता जि मलाई एउटा ढोल किनिदिनुहोस न।
पिता:- हुदैन छोरा, तैले मलाई ढोल बजाएर वाक्क लगाउछस्।
पुत्र :- लगाउदिन बुबा, म तपाई निदाएको बेला बजाउछु नि।
पत्नी:- यदि तपाइ मसँग सपिङको लागी जानु हुन्छ भने, म पनि जान्न ।
पति (खुसी हुदै):- किन र तिमीलाई मेरो साथ जान रमाइलो लाग्छ हो?
पत्नी:- मलाई त्यस्तो रमाइलो समाइलो हैन कि , त्यहा सपिङ सेन्टरमा सामान उठाउने कोही पनि हुदैन।

रमेशले उसको साथीलाई सोधेछ : कस्तो गल्ती गर्दा तिमी अरुलाई बधाई दिन्छौं ?
जवाफमा उसले भनेछ: जुनबेला उसले बिहे गर्छ ।
एक नेता:- तपाइले किन यति ढिलो बिवाह गर्न लाग्नु भएको?
दोस्रो नेता:- यो मेरो मध्यावधि चुनाव हो मेरो पहिलो विवाह भंग भएको थियो।
एकदिन कुइरे र नेपालीले मित लगाएछन।
नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है।
कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी
लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ, लोग्नेले भन्यो:- पानी तता नत्र
स्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ?
लोग्ने:- नत्र चिसै पानीले नहाउछु।
राजुको सबै दाँत किराले खाएर झरेको थियो। उ गाँउको सबै भन्दा छुच्चो र रिसउठ्दो फटाहा केटा थियो। उसलाई केही भन्ने बितिकै उसले तेरो बाउको टाउको भन्थ्यो र पनि उसलाई सबैले जिस्काथे। त्यो मध्ये पनि एउटा बुढो सदै जिस्काउथ्थयो। तर जहिले पनि जे भने पनि राम्रो नराम्रो, तेरो बाउको टाउको भनि हाल्थ्यो। त्यसबाट आजित भएर बुढोले केटाको बाउलाई सबै कुरा भनी दिएछ। त्यो सुनेर बाउ एक दमै रिसाएर छोरालाई बेसरी कुटेछ। र कायल काबु पारेछ, र अब नभन्ने बाचा गराएछ।
फेरी पहिले जस्तै बुढोले राजुलाई जिस्काएछ।
राजु:- तेरो..............................
बुढो:- भनिस भने तेरो बाउलाई भनेर कुटाउछु, बुझिस्।
राजु:- मैले हिजो भनेको...............
राजुको सबै दाँत किराले खाएर झरेको थियो। उ गाँउको सबै भन्दा छुच्चो र रिसउठ्दो फटाहा केटा थियो। उसलाई केही भन्ने बितिकै उसले तेरो बाउको टाउको भन्थ्यो र पनि उसलाई सबैले जिस्काथे। त्यो मध्ये पनि एउटा बुढो सदै जिस्काउथ्थयो।
बुढो:- ए केटा, खै तेरो दातँ, सबै किराले झाएर सकेछ।
राजु:- (मुख भित्रको एउटा बङगारा देखाउदै) के यो तेरो बाउको टाउको हो?!!!!!!!!!!!
बैंकमा डकैती सुरु भएछ, लुटेराले बैंकको क्यासियरलाई बाँधिदिएछ । लुटीसकेपछि लुटेरा भाग्न लाग्दा क्यासियरले जोडले कराएर भनेछ:- “मित्र, यो फाईल पनि साथमै लिएर जाउ, मेरो हिसाबमा यो फाईलमा दूई लाखको गडबड छ ।“
केटा: प्रिय, म तिमीलाई बिहे गर्न सक्दिन ल मेरो घरबाट मन पराउँदैनन्।
केटी: तिम्रो घरमा को को छ नि?
केटा: एउटी श्रीमति र तीन बच्चा...।
स्कुलमा शिक्षकले हरिलाई सोधेछ...
शिक्षक: तिम्रो बुबा कति वर्षको हुनु भयो?
हरि : सर, म जति वर्षको भएँ त्यत्ति नै मेरो बाबा पनि त्यत्तिनै वर्षको हुनुभयो ।
शिक्षक: यो कसरी संभव हुन्छ ?
हरि : सर, उहाँ बुबा हुनुभएको म जन्मे पछि त हो नि ।
एक केटीलाई प्रेम प्रस्ताव राखेछ...
केटीले भनेछ: म त तिमी भन्दा एक वर्ष जेठी छु ।
केटाले भनेछ: केहि फरक पर्दैन, म तिमीलाई एक वर्षपछि मात्र बिहे गर्छु ।
दुईजना प्रेमीहरुले आत्मा हत्या गर्ने सल्लाह गरेछन् । पहिले केटा हाम फालेछ, केटीले आँखा बन्द गरेर भनेछ, ऐ फर्क प्रेम अन्धो हुन्छ, केटाले प्यारासुट खोलेर हावामा उड्दै भनेछ, प्रेम कहिल्यै मर्दैन...।
मोहन आफ्नो साथी सित:- हेर राकेश, म लोकतन्त्रमा बिस्वास राखने मानिस हु, त्यसैले हाम्रो घरमा एउटा नयाँ सिस्टम छ। जसमा मेरो पत्नी अर्थ मन्त्री हुन, सासु रक्षा मन्त्रि हुनुहुन्छ, ससुरा बिदेश मन्त्री हुनुहुन्छ, साली शान्ती मन्त्री छन्।
राकेश:- सायद तिमी चै प्रधानमन्त्री हौ होला हैन?
मोहन:- हैन यार म त बिचरा जनता हु।
हवल्दार इस्पेक्टरसँग:- सर म त्यो चोर सँग डराएको भन्ने कुरा गलत हो।
इस्पेक्टर:- त्यसो भए तिमी किन गाडीको पछाडी लुकेको त?
हवल्दार:- त्यो त म कुकुर देखेर पो लुकेको त।
एक दिन मुन्द्रे आफ्नो काम गर्ने चमेलीको घरमा गएछ र ढोका ढकढकाउन थालेछ।
चमेली: को हो ढोकामा बोर्ड
मुन्द्रे :म
चमेली: को म?
मुन्द्रे: तिमी चमेली
एकदिन मुन्द्रेले मनिसहरु भगिरहेको देखेछ र त्यस मध्ये एउटालाई समातेर सोधेछ॥
मुन्द्रे: दाई यि मान्छेहरु किन भगिरहेका छन्?
मान्छे:हामी दौडमा दौडिदै छौ र जिन्ने एकजनाले पुरुसकार पाउने छ।
मुन्द्रे: त्यसो भए अरु चै किन भागेका नि?

एक दिन मुन्द्रेको प्रमिकाले आफ्नो सबै लुगा फुकाल्यो र भनि
मलाई तिम्रो श्रीमतिलाई जस्तै गर
मुन्द्रेले सबै लुगा बटुल्यो र घुन लाग्यो ।

nepali jokes and sms

एक व्यापारीले सन्त नामको केटा नयाँ नोकर राखेछ । उसले पहिलो दिनको काम देखेर व्यापारी दंग परे । अर्को दिन व्यापारीले उसलाई आफ्नो कोठामा बोलाएर सोध्यो:
व्यापारी: तिम्रो काम देखेर म बहुत खुशी छु । आज राती के के काम सक्यौं त ?
सन्ते: आज अरु त केही गर्न भ्याइन सर, कम्प्युटरको किबोर्डमा अल्फाबेटहरु जताततै छरिएको रहेछ, रातभरी त्यही मिलाएर बसेँ ।

स्कुलमा शिक्षकले आफ्नो विद्यार्थीलाई दुई समुद्रको नाम सोधे:
शिक्षक: दुई समुद्रको नाम बताऊ ?
छात्र: सर, एउटा गंगा र अर्को गोदावरी ।
शिक्षक: यो त नदी पो हो त ? म समुद्रको नाम सोध्दैछु ।
छात्र: के फरक पर्छ र सर, आखिर यी दुवै पछि समुद्रमा मै मिसिने त हो ।

गाउँबाट भर्खरै शहर आएका एउटा केटा पसलमा गएछ:
केटा: साहुजी, यहाँ के-के पाइन्छ ?
साहुजी: यहाँ कोक, फेन्टा, पेप्सी... सबै पाइन्छ ।
केटा: त्यसोभए मलाई कोक र पेप्सी गरेर एक पाथी राख्दिनुस न ।

स्कूलमा एउटा शिक्षकले सधैँ एउटा हिसाब गरेर समय बिताउँथे, विद्यार्थीहरु यसले दिक्क भईसकेका थिए, एक दिन शिक्षकले आफ्ना विद्यार्थीहरुलाई प्रश्न गरे:
शिक्षक: संसारमा सबै भन्दा अल्छि व्यक्ति को हो ?
सबै विद्यार्थीले एकै स्वरमा: तपाँई ।
एउटा बाबुले आफ्नो छोरालाई चरा र बारुलाको बारेमा सोधेछ :
बाबु: छोरा, तिमीलाई चरा र बारुलाको बारेमा केही थाहा छ ?
छोरा: अहँ, जान्नु पर्‌या छैन मलाई ।
बाबु (अचम्म मान्दै): किन ?
छोरा: तिनीहरु दुबै एक अर्कालाई प्रेम गर्न सक्दैनन्, त्यसैले ।
एउटा बालकले आफ्ना बाबासँग सोधेछन्:
बालक: बाबा, फेवाताल कहाँ छ ?
(हतारिँदै) बुबा: छोरा, घरको सबै कुरा तिम्रो आमालाई थाहा हुन्छ, उसैले कतै राखेकी होली ।

प्रेमी: तिमीलाई फोन कसरी गरुँ त म ?
प्रेमीका: किन नि ?
प्रेमी: तिम्रो बुबाले फोन उठाए भने !
प्रेमीका: तिमी डराउनु पर्दैन । मेरो बुबाले फोन उठाउनुभयो भने योगेश बोलेको भन, उहाँले बोलाई दिनुहुन्छ ।
प्रेमी: योगेश ! ऊ को नि ?
प्रेमीका: ऊ मेरो हुनेवाला श्रीमान हो । त्यसैले बुबाले फोन सजिलै दिनुहुन्छ ।
दुई प्रेमी प्रेमीका कोठामा बसिरहेका बेला प्रेमीले अकष्मात बत्ती निभाए:
प्रेमीका: तिमीले के गरेको यो ? बत्ती बाल मलाई डर लाग्छ ।
प्रेमी: तिमी नडराउन प्रिय, म छँदै छु नि ।
प्रेमीका: तिमी भएर त डराएको नि ।

नव विवाहित दम्पति शहर जान बस चढेछन्, बसमा भिँडभाँड भएकाले युवकले युवतीलाई अँगालो हालेर उभिएको थियो:
त्यो देखेर कण्डक्टरले भन्यो: ऐ दाई, बस्न नपाए पनि त्यो दिदीलाई राम्रोसँग उभिन त दिनुस् ।
युवक: अगि तपाँईले नै भनेको होईन, आफ्नो सामानको सुरक्षा आफैले गर्नु भनेर ?
पहिलो: तिमी खुट्टा नभएको कुकुरलाई के भनेर बोलाउँछौ ?
दोश्रो: जे भने पनि हुन्छ, जे भने पनि त्यो आउँदैन ।

सर: सरोज, भ न त अल्छि र मिहेनतीमा के फरक छ ? सरोज: सर, अल्छिले तुरुन्तै फल पाउँछ र मिहेनतीले भविष्यमा मात्र फल पाउँछ ।
श्यामे: मैले मोबाइलमा नम्बर डायल गर्‌यो कि एउटी केटीले मलाई जिस्क्याउँछे यार ।
रामे: हो र ? के भन्छे त ?
श्यामे: तिमी आफै सुन न ।
रामे ले सुन्छ “माफ गर्नुहोला तपाँईले सम्पर्क गर्नुभएको मोवाइल लभ गरिरहेको छ ।“

मंगलसिंह: कुनै पनि फ्याक्स मुन्द्रेबाट आएको भनेर कसरी थाहा पाउने ?
हर्कजंग: त्यो फ्याक्स स्ट्याम्प सहित लेटरप्याडमा आएको हुन्छ ।

बाबु: छोरा, मन लाएर पढ ल ।
छोरा: तपाँई चश्मा लाएर पढ्ने, मलाई चाहिँ मन लाएर पढन लगाउने !

एक जना बिरामीलाई चेक गरेर डाक्टरले सोधेछ:
डाक्टर: तपाँईले बिहान के खाजा खानुहुन्छ ?
बिरामी: भैगो डाक्टरसाब, दु:ख नबगर्नुस । मैले घरमै टन्न खाएर आएको छु ।

पहिलो: ल भन त काल र क्रियामा के फरक छ ?
दोश्रो: यो त सजिलै छ नि, मान्छेलाई पहिला काल आउँछ अनि क्रिया गरिन्छ ।
पहिलो: भविष्यमा सबै भन्दा ठूलो उदेश्य के छ ?
दोस्रो: धेरै पैसा कमाउने ।
पहिलो: पैसा कमाउने भए मैले भनेको ठाउँमा जाउ, जहाँ पैसा नै पैसा छ ।
दोस्रो : कहाँ हो त त्यो ठाउँ ? तिमी भन मात्रै म तुरुन्तै गइहाल्छु ।
पहिलो: त्यसो भए नजिकैको बैंकमा जाउ ।
राजु: मेरो घरको कुकुर साह्रै ज्ञानी छ यार । जे भन्यो त्यहि गर्छ ।
उमेश: केहि उदाहरण छ की ?
राजु: एकदिन मेरो घरमा चोर आएछ । चोरले साँचो माग्नासाथ लगेर दिएछ ।
दुईजना गोठालाहरु:
पहिलो: तिम्रो गाईले त वर्ष वर्ष दिनमा ब्याउँछ तर मेरो गाईले त दुई दुई वर्षमा मात्र ब्याउँछ यार ।
दोश्रो: ए, तेसो भए तिम्रो गाईले परिवार नियोजनको अस्थाई साधन प्रयोग गर्दो रहेछ ।
दुई जना फिल्मको बारेमा कुरा गर्दै
सरोज: तिमीले दुष्मण फिल्म हेरेका छौँ ?
रामु: सारै मज्जाको छ यार...।

सरोज: हो र ? अन्तिममा के हुन्छ ?

रामु : के हुनु नि ! अन्तिममा फिल्म सकिन्छ र सबै मान्छेहरु बाहिरा निस्कन्छन् ।

मुसर्फ भारत आए उनलाई २१ तोपकि सलामि दि तर एउटा पनि निसानेमा लागेन लागेको भए २० गोला बच्थियो

पाकिस्तानले एकदम प्रगति गरेको छ त्यहाँ ईमेल बाट बिबाह हुन्छन हाम्रो त फिमेलसँग गर्छन

दुई जोडी:

केटी: हाम्रो बिहेको पहिलो दिन तिमी के गर्छौं ?

केटा: ससुरालीले दाइजो कति दिएछ त्यो चेक गर्छु ।

केटी: हँ....!



ए: तिम्रो व्वाईफ्रेण्डलाई तिमी किन माया गर्छौ ।

बी: उसले मेरो भावनाको कदर गर्छ त्यसैले । अनि तिमी नि ?

ए: उसले नै पहिलो पटक मेरो छातीमा हात राखेको थियो, त्यसैले ।

एक जना चोर कोठामा बसिरहेका बेला पुलिसले भेट्टाएछ:

पुलिस: हिँड अब तेरो जेलको चिसो भुईँमा सुत्ने दिन आयो ।

चोर: जान त जाने तर एक महिनाको कति भाडा तिर्नुपर्ने हो त्यहाँ कुन्नि ?

पुलिस : तँलाई केहि भाडा लाग्दैन, हिँड ।

चोर: हो र ! त्यसो भए त गई हाल्छु नि । म त यहाँ भन्दा भाडा महंगो होला कि भनेर पो त...।

सर: हर्के तिमि यस्तो चिजको नाम भन जुन चिज तिमीले कहिल्यै छुन सक्दैनौं ।

हर्के : त्यो त तपाँईको कान हो सर ।

शिक्षक: कसले यसको जवाफ दिन सक्छौं ? हात उठाउ त , अर्थशास्त्रीहरु के का लागि जन्मिएका हुन् ?

डोमा: हत्तपत्त हात उठाउँदै, मलाई थाहा छ सर।

शिक्षक: उठेर भन त ल।

डोमा : मौसमको भविष्यवाणी गर्न ।

२० माडवाडिको एउटै गाडिमा कसरी अटाउने? एक ५०० का नोट गाडि भित्र फालिदेउ
एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटड मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ

तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै

आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि त

एउटा मान्छे जागिरको लागि इन्टरभ्यु दिन गएछ तर उसलाइ केहिपनि आउदैन रैछ र उसले भर्खरै इन्टरभ्यु दिएर बाहिर निस्केको मान्छेलाइ के के सोधयो भनेर सोधेछ

उसले भनेछ

१)नेपालको प्र म को हुन? उत्तर गिरिजा प्र कोइराला

२) नेपालमा प्रजात्रन्त कहिले आएको थियो?

उत्तर प्रयास धेरै अगाडि देखि गरेको हुन सफलता चै २००९ साल मा पाए

३)चन्द्रमा मान्छे छ ?

उत्तर साइन्टिस्टहरु तेसै बन्छन अनुसनधान भै रहेको छ



र पहिको मान्छे प्रश्नलाइ ध्यान नदिइ उत्तर कण्ठ पर्न थालेछ

जब उसको पालो आयो उ गएछ र उसलाइ प्रश्न सोधिएछ



१)तपाइको नाम

उत्तर गिरिजा प्र कोइराला

२)हो र कहिले जन्मनु भो?

प्रयास धेरै अगाडि देखि गरेको हुन सफलता चै २००९ साल मा पाए

३)तपाइ पगाल होकि के हो?

साइन्टिस्टहरु तेसै बन्छन अनुसनधान भै रहेको छ

सन्देह: सुन न आकाश, संसारमा सगरमाथा भन्दा अग्लो के होला है ?

आकाश: ल, तिमिलाई त्यति पनि थाहा छैन ?

सन्देह: अँह ।

आकाश: त्यो त मान्छे नै हो नि ।

सन्देह: कसरी नि ?

आकाश: सगरमाथाको टुप्पामा मान्छे चडेपछि त्यो भन्दा अग्लो भएन त !

सर: रमेश, तिमी किलोमिटरको परिभाषा दिन सक्छौ ?

रमेश: यस्तो सजिलो उत्तर पनि दिन्न त सर !

सर: त्यसो भए भन न त ! के हो ?

समेश: सर, किलोमिटर भन्नाले त्यस्तो दुरीलाई बुझिन्छ, जुन तपाँईले एक किलोग्रामको भारी बोकेर पार गर्न सक्नुहुन्छ ।

सानो बच्चाले आफ्ना आमालाई सोधेछन्:

बच्चा: आमा, साना कम्प्युटरले आफ्ना बुबालाई के भनेर बोलाउँछन् ?

आमा: डाटा ।

श्याम: कञ्चन, भन त गाईले कुन खेल खेल्न सक्छ ?

कञ्चन: म्यूजिकल चियर ।

पहिले पहिले ५० ओबरको क्रिकेट म्याच हुन्थयो अनि २०-२० आयो अब १०-१० आउछ अनि ५-५ आउछ र एक दिन टससे गरेरै खेल सकिन्छ कसले जित्यो कसले हाय्यो।

एउटा मनिस अर्को मान्छेलाई कुटदै थियो।त्यो देखेर नजिकैको मान्छेले सोधयो

मान्छे: दाई उसलाई किन कुटेको?

कुटने मान्छे: यो गित गाउछ "आज मै उपर आश्मा निचै"

मान्छे: गित गाउदैमा किन कुटेको त?

कुटने मान्छे:आश्मा मेरी स्वास्नीको नाम हो॥

हाकीम:- यती धेरै किन पिउछस्? यदी तेरो रेकर्ड राम्रो भयो भने तेरो प्रमोसन भएर मुखिया हुन्छस।

कर्मचारी:-माफ गर्नुहोस सर, कुरा यि छ कि जब मैले २-३ गिलास पिउछु तब म आफुलाई हाकिम भन्दा ठुलो सम्झिन थाल्छु।

दुईजना साथीहरु कुरा गर्दै
राम:-यार मलाई आजकल निन्द्रा नै पर्दैन।
स्याम:-हो र! अनि यसको लागी के गर्छौ त?
राम:- आधा आधा घण्टामा १-१ पेग व्हिस्की लिन्छु।
स्याम:- यसले केही फाइदा गर्छ त?
राम:- गर्दैन, तर आधा आधा घण्टामा उठ्न सफल भने हुन्छु।

दुईजना केटाहरु ड्रग्सको लतमा धेरै फसेका थिए।उनिहरुलाई ड्रग्स छुटाउने केन्द्रमा लगेर राखनु पर्यो। केही समय पछि तिनिहरु दुबै ठिक भए। त्यसपछि तिनिहरु पनि ड्रग्स छुटाउने काममा नियुत्त भए। दुबैजना आ-आफ्नो कार्य क्षेत्रमा गए। र केहि समय पछि दुबैले धेरै मान्छेहरुलाई ड्रग्सबाट छुटाएको दाबी गरे। त्यसपछि एकले पहिलोलाई सोध्यो:- तिमीले कसरी त्यत्रो मान्छेलाई ड्रग्सबाट छुटायौ? पहिलो:- मैले मान्छेहरुलाई दुईटा गोलो घेरा, एउटा सानो, एउटा ठुलो बनाएर देखाए अनि भने कि यो दुबै हाम्रो दिमाग हो, यो ठुलो घेरा ड्रग्स खानु भन्दा पहिलेको दिमाग हो र यो सानो घेरा भने ड्रग्स लिन थालेपछिको हो, यसरी हाम्रो दिमाग सानो हुन्छ भने त्यसपछि त धेरै मान्छे ड्रग्स छोड्न तयार भए। अर्को मान्छे(दोस्रोलाई):- अनि तिमीले कसरी त्यती धेरै मान्छेलाई ड्रग्स छुटायौ? दोस्रो:- मैले पनि मान्छेहरुलाई दुईटा गोलो घेरा, एउटा सानो, एउटा ठुलो बनाएर देखाए अनि भने कि यो दुबै हाम्रो एस होल हो, यो सानो घेरा ड्रग्स खानु भन्दा पहिलेको एस होल हो र यो ठुलो घेरा भने ड्रग्स लिन थालेपछिको हो, यसरी हाम्रो एस होल ठुलो हुन्छ भने त्यसपछि त धेरै मान्छे ड्रग्स छोड्न तयार भए।