Wednesday, April 1, 2009

nepali jokes and sms

मुन्द्रेले टेलीफोनको नम्बर डायल गर्यो। उता

मुन्द्रेले टेलीफोनको नम्बर डायल गर्यो। उता केटीले फोन रिसिभ गरी।

मुन्द्रे:- तिमी को बोलेको?

केटी:- सिता बोल्दैछु।

मुन्द्रे:- ए, मैले जनकपुर गरेको त, अयोध्या पो पुगेछ।

मुन्द्रेलाई एक दिन पुलिस ईनिस्पेकटर बनाईएछ

पहिको केस

महिला : मेरो श्रीमान चार दिन अगाडि आलु लिन जानु भएको थियो अहिले सम्म फर्कनु भएको छैन॥

मुन्द्रे: तपाई अरु नै केहि तरकारी पकाउनुस न त।



एक दिन मुन्द्रे र एक जना मान्छे बिसौ तल्लामा बसेर कुरा गर्दै थियो। अकस्मात कसैले मुन्द्रेलाई “मुन्द्रे स्यामेको छोराको मुत्यु भएछनी।

बियोग सहन नसकि मुन्द्रे २० तल्लाबाट हाम फाल्यो।उ तल झर्न लाग्यो।

जब उ ८ औ तल्लामा पुग्यो उसले सम्झयो उसको त छोरा नै छैन

जब ऊ ५ औ तल्लामा पुग्यो उसले सम्झयो कि उसको त बिहे नै भा छैन

जब ऊ २ औ तल्लामा पुग्यो उसले आफु मुन्द्रे भएको सम्झयो ॥




एउटा विद्यार्थीले जाँच सकेर आएपछि भनेछ : “हे भगवान ! काठमण्डौलाई चीनको राजधानी बनाई देऊ ।“

हाँस्दै अर्कोले सोधेछ: “तँ त ठीकमा छस् ? यस्तो कुरा पनि भगवानसँग माग्ने?”

उसले भनेछ : “माग्न परेन त, आज मैले उत्तर पुस्तिकामा त चीनको राजधानी काठमाण्डौ लेखेको छु ।“


शिक्षक : राम तिमी भन त कमिलाको खाना भन्दा सानो के हुन्छ ?

राम : सोँच्दै ! सर, त्यो त कमिलाको मुखनै हो नि ।

बैंकमा डकैती सुरु भएछ, लुटेराले बैंकको क्यासियरलाई बाँधिदिएछ । लुटीसकेपछि लुटेरा भाग्न लाग्दा क्यासियरले जोडले कराएर भनेछ:- “मित्र, यो फाईल पनि साथमै लिएर जाउ, मेरो हिसाबमा यो फाईलमा दूई लाखको गडबड छ ।“

केटा: प्रिय, म तिमीलाई बिहे गर्न सक्दिन ल मेरो घरबाट मन पराउँदैनन्।

केटी: तिम्रो घरमा को को छ नि?

केटा: एउटी श्रीमति र तीन बच्चा...।

स्कुलमा शिक्षकले हरिलाई सोधेछ...

शिक्षक: तिम्रो बुबा कति वर्षको हुनु भयो?

हरि : सर, म जति वर्षको भएँ त्यत्ति नै मेरो बाबा पनि त्यत्तिनै वर्षको हुनुभयो ।

शिक्षक: यो कसरी संभव हुन्छ ?

हरि : सर, उहाँ बुबा हुनुभएको म जन्मे पछि त हो नि ।

एक केटीलाई प्रेम प्रस्ताव राखेछ...

केटीले भनेछ: म त तिमी भन्दा एक वर्ष जेठी छु ।

केटाले भनेछ: केहि फरक पर्दैन, म तिमीलाई एक वर्षपछि मात्र बिहे गर्छु ।

दुईजना प्रेमीहरुले आत्मा हत्या गर्ने सल्लाह गरेछन् । पहिले केटा हाम फालेछ, केटीले आँखा बन्द गरेर भनेछ, ऐ फर्क प्रेम अन्धो हुन्छ, केटाले प्यारासुट खोलेर हावामा उड्दै भनेछ, प्रेम कहिल्यै मर्दैन...।

मर्ने बेलामा पतिले आफ्नो पत्नीलाई सबै साचो कुरा भन्न चाहेछ। र भनेछ:- मैले तिमीलाई जिन्दगी भरी धोका दिए। मेरो धेरै केटीहरुसँग नाजायज सम्बन्ध थियो।
पत्नी:- म पनि तिमीलाइ सबै साचो कुरा भन्न चाहान्छु, तिमी बिरामी भएर मर्न लागेको हैन, मैले तिमीलाइ स्लो पोइजन दिएर यस्तो भएको हो।"

शिक्षक:- भन त मुन्द्रे आज स्कुल ढिलो आउनको के बाहाना सोचिरहेको छौ?

मुन्द्रे:- आज म यति छिटो दौडदै आए कि सर मैले कुनै बाहाना सोच्नै भ्याइन।

एक बच्चा:- यदि दिनमा सुर्य ननिस्किने हो भने के हुन्छ?

अर्को बच्चा:- बिजुलीको बिल बढ्छ।

छोरा आफ्नो बुवासँग:- बुवा तपाई र म मा को योग्य र राम्रो मान्छे हो?

बुबा:-त भन्दा म योग्य र राम्रो मान्छे हो, किनकि म तेरो बाबु हुँ, अर्को उमेरमा पनि त भन्दा ठुलो म हुँ, र बुद्दिमा पनि मेरै बढी छ।

छोरा:- त्यसो भने त तपाइला थाह होला, कि अमेरिका कस्ले पत्ता लगायो

बुबा:- अमेरिका कोलम्बसले पत्ता लगायो ।

छोरा:- कोलम्बसको बुबाले किन पत्ता लगाएन किनकि कोलम्बसको बुबा उमेरमा पनि कोलम्बस भन्दा ठुलो हुनुहुन्थ्यो र बुद्दिमा पनि उहाकै बढी थियो होला नि ।



छोरा आफ्नो बुवासँग:- बुवा तपाई र म मा को योग्य र राम्रो मान्छे हो?

बुबा:-त भन्दा म योग्य र राम्रो मान्छे हो, किनकि म तेरो बाबु हुँ, अर्को उमेरमा पनि त भन्दा ठुलो म हुँ, र बुद्दिमा पनि मेरै बढी छ।

छोरा:- त्यसो भने त तपाइला थाह होला, कि अमेरिका कस्ले पत्ता लगायो

बुबा:- अमेरिका कोलम्बसले पत्ता लगायो ।

छोरा:- कोलम्बसको बुबाले किन पत्ता लगाएन किनकि कोलम्बसको बुबा उमेरमा पनि कोलम्बस भन्दा ठुलो हुनुहुन्थ्यो र बुद्दिमा पनि उहाकै बढी थियो होला नि ।



छोरा आफ्नो बुवासँग:- बुवा तपाई र म मा को योग्य र राम्रो मान्छे हो?

बुबा:-त भन्दा म योग्य र राम्रो मान्छे हो, किनकि म तेरो बाबु हुँ, अर्को उमेरमा पनि त भन्दा ठुलो म हुँ, र बुद्दिमा पनि मेरै बढी छ।

छोरा:- त्यसो भने त तपाइला थाह होला, कि अमेरिका कस्ले पत्ता लगायो

बुबा:- अमेरिका कोलम्बसले पत्ता लगायो ।

छोरा:- कोलम्बसको बुबाले किन पत्ता लगाएन किनकि कोलम्बसको बुबा उमेरमा पनि कोलम्बस भन्दा ठुलो हुनुहुन्थ्यो र बुद्दिमा पनि उहाकै बढी थियो होला नि ।

भारतको कुनै स्कुलमा शिक्षक कक्षामा पढाउदै थियो। उसले एक बिद्यार्थीलाई सो्ध्यो:- निशा आयकर, बिक्रीकर, भूमिकर सँग मिल्ने कुनै एक शब्द भन्न सक्छौ?

निशा:- "सर, एक मात्र हैन म 3 शब्द भन्छु, सुनील गावासकर, सचिन तैंदुलकर र दिलीप वेंगसरकर।"

कक्षामा शिक्षकले पढाईरहेको बेलामा मुन्द्रे हल्ला गरिरहेको थियो।

शिक्षक:- (हकार्दै) मुन्द्रे त अघिदेखी हल्ला गरिरहेको छस् , ल भन त कुन महिनामा २८ दिन हुन्छ?

मुन्द्रे:- सर, २८ दिन त जुनै महिना मा पनि हुन्छ नि।

कक्षामा शिक्षकले पढाईरहेको बेलामा मुन्द्रे हल्ला गरिरहेको थियो।

शिक्षक:- (हकार्दै) मुन्द्रे त अघिदेखी हल्ला गरिरहेको छस् , ल भन त सगरमाथा कहाँ छ?

मुन्द्रे:- सर, मलाई त थाहा छैन।

शिक्षक:- (हकार्दै) ल त बेन्च माथी उठ।

मुन्द्रे:- सर, बेन्चबाट देखिन्छ त?

एक ब्यापारी बुवा र छोरा

छोरा:- बुवा मैले यस. एल. सी. मा फष्ट डिभिजन ल्याए। हिसाबमा त १०० मा ९५ ल्याए।

बुवा:- थुइक्क बजिया, म १०० को लाई १५० बनाउछु, त भने १०० मा पनि ९५ ल्याउछस्। तैले गरि नखाने भइस्।

दुईजना केटाहरु प्लेनको यात्रा गरिरहेको थिए। प्लेन कुइरोमा फसिरहेको थियो।

पहिलो केटा:- हेर त प्लेन त कुइरोबाट निस्किन सकिरहेको छैन, खस्छ कि क्या हो?

दोस्रो केटा:- खसे खसोस् हामीलाई ठगेर किनेको प्लेन , खसे अर्को किन्छ नि।

रातामकै:- तिम्रो यति राम्रो कपाल छ, कसरी तिम्रो यति राम्रो कपाल भयो। ममी बाट कि ड्याडी बाट प्राप्त भयो?
मुन्द्रे:- ड्याडीबाट होला।
रातामकै:- कसरी?
मुन्द्रे:- मेरो ड्याडीको टाउकोमा एउटा पनि कपाल छैन नि त। छोरा:- ममी म पास भए।
ममी:- ल धन्यबाद, तिम्रो कक्षमा कोहि फेल त भएन?
छोरा:- भयो नि, हाम्रो सर
ममी:- कसरी?
छोरा:- हामी पास भएर अर्को कक्षामा जान्छौ तर सर त्यहि कक्षामा रहनुहुन्छ नि त। छोरा:- डाइरेक्ट र इनडाइरेक्ट ट्याक्समा के फरक छ बुबा?
बुबा: डाइरेक्ट ट्याक्स भनेको तिमीले म सँग पैसा माग्नु हो र इनडाइरेक्ट ट्याक्स भनेको तिमीले मेरो खल्तीबाट
सुटुक्क मैले थाह नपाइ पैसा निकाल्नु हो। पत्नी:अब देखी मलाई दु:ख दियौ भने म तिमीलाई छोडेर माईति जान्छु अनि उतै बाट डिभोर्सको प्रक्रिया अगाडी बढाउछु।
पति:- यस्तो मिठा मिठा कुरा गरेर मलाई नफकाउन न प्रिये।
पुलिस:-(हकार्दै) भन त एक्लै चोरी गर्छस कि तेरा अरु पनि साथीहरु छन?
चोर:- एक्लै हजुर
पुलिस:-(हकार्दै) किन एक्लै?
चोर:- अचेल इमान्दार मानिस नै कहाँ पाइन्छ र हजुर!
एकदिन मुन्द्रे बजारबाट दशैको किनमेल गरेर झोलामा कुखुरा राखेर आउदै थियो। राता मकैले त्यो देखेर सोध्यो:- के हो मुन्द्रे भान्जा किनमेल त निकै छ नि। कति वटा कुखुरा ल्याएको, मैले नहेरी भनेर मिलाए भने तिमी मलाई एउटा कुखुरा दिन्छौ?

मुन्द्रे:- ल नहेरी मिलायौ भने, एउटा त के यि म दुइटै भाले दिन्छु।

कक्षामा शिक्षकले पढाईरहेको बेलामा मुन्द्रे हल्ला गरिरहेको थियो।

शिक्षक:- (हकार्दै) मुन्द्रे त अघिदेखी हल्ला गरिरहेको छस् ल भन त १०फिट अग्लो पर्खाल लगाउन १० जनालाई ८ घण्टा लाग्छ भने ४ जनालाई कति घण्टा लाग्छ?

मुन्द्रे:- सर १ मिनेट पनि लाग्दैन?

शिक्षक:-कसरी?

मुन्द्रे:- सर त्यो पर्खाल त अघिकै १० जनाले बनाइसके नि?

रातामकै:- मुन्द्रे तेरो ए.टि.यमको पिन कोड मैले पत्ता लगाए।

मुन्द्रे:- लु भन त?

रातामकै:-४ वटा हैन?

मुन्द्रे:- हैन, ५०९१ पो हो त।

कुनै भट्टीमा मुन्द्रे पुगेछ र होटलको साहुलाई भनेछ:- ओ साउजी यि सबैलाई मेरो तर्फबाट १-१ पेग फ्रि दिनु र बिल चाहि मलाई दिनु। साउजीले सबैलाई १-१ पेग दियो र बिल मुन्द्रेलाई दियो। तर मुन्द्रेले आफुसँग पैसा नभएको कुरा साउजीलाइ भन्यो त्यसपछि साउजीले दुई झापड दिएर मुन्द्रेलाई त्यहाबाट खेदायो।



फेरी भोलीपल्ट भट्टीमा मुन्द्रे पुगेछ र होटलको साहुलाई भनेछ:- ओ साउजी यि सबैलाई मेरो तर्फबाट १-१ पेग फ्रि दिनु र बिल चाहि मलाई दिनु। साउजीले आज त पैसा तिर्छ होला हिजोको मेरो थपड बिर्सिएको छैन होला भनेर सबैलाई १-१ पेग दियो र बिल मुन्द्रेलाई दियो। तर मुन्द्रेले आफुसँग पैसा नभएको कुरा साउजीलाइ भन्यो त्यसपछि साउजीले मर्ने गरी कुट्यो र मुन्द्रेलाई त्यहाबाट खेदायो।

पर्सिपल्ट पनि भट्टीमा मुन्द्रे पुगेछ र होटलको साहुलाई भनेछ:- ओ साउजी यि सबैलाई मेरो तर्फबाट १-१ पेग फ्रि दिनु र बिल चाहि मलाई दिनु। साउजीले आज त पैसा तिर्छ होला हिजोको मेरो कुटाइ बिर्सिएको छैन। अब त पैसा तिर्ने हिम्मत पनि गर्न सक्दैन होला भनेर सबैलाई १-१ पेग दियो र बिल मुन्द्रेलाई दियो। र भन्यो:- ओ भाइ, सबैलाई १-१ पेग फ्रि दिन्छौ, मलाई चाहि किन दिदैनौ? तपाई रक्सी नखादा त यस्तरी कुट्नु हुन्छ, झन खाएपछि त आफ्नो अर्काको नछुट्याइ कुट्नु हुन्छ होला नि त।

मुन्द्रेले यसपालीको दशैमा एक जोर जुत्ता किनेछ। त्यो देखेर तारामकैले सोध्यो:- ओ भान्जा जुत्तालाई कति हाल्यौ?

मुन्द्रे:- यि देखेनौ, बुढी औला देखी कुर्कुचा सम्म हालेको।

खलासी:- ओ दाई तपाइ कहाँबाट चढ्नु भएको?

मुन्द्रे:- (बसको ढोका देखाउदै) उ त्यो ढोकाबाट चढेको।

एउटा ट्याक्सीमा एक जना माडवडि गइ रहेको थियो अकस्मात ड्राईभर डराउदै

ड्राईभर : ट्याक्सीको ब्रेक फेल भयो के गर्ने ?

माडवाडि: पहिले मिटर त बन्द गर ।

एक शिक्षक : रामु तिमी यस्तो दुई आविष्कारको नाम बताऊ, जसले मानिसलाई माथि उठायो ।

रामु : सर, एक लिफ्ट र दोस्रो अलार्म घडि ।

श्रीमती आफ्नो श्रीमानबाट

श्रीमति : म अब यो घरमा एक मिनेट पनि बस्न सक्दिन ।

श्रीमान : त्यसो तिमी के गर्छौ त ?

श्रीमति : म माइत जान्छु, अब म तिमीलाई डिभोर्स दिन्छु ।

श्रीमान : यस्तो राम्रो राम्रो कुरा गरेर तिमी मलाई कहिल्यै मुर्ख बनाउन सक्दैनौ ।

छोरा : बाबा, त्यो छिमेकको अंकलको नाम डार्लिङ हो ?

बाबा : होइन छोरा, उसको नाम त रमेश हो ।

छोरा : त्यसो भए तपाँई अफिस जानुभएपछि आमाले त्यो अंकललाई किन डार्लिङ भरे चाडै घर आउ भन्नुहुन्छ त ?

एउटा नेताले सभामा साह्रै छोटो भाषण दियो, त्यो देखेर उसको एक कार्यकर्ताले सोधेछ

कार्यकर्ता : नेताज्यू, तपाँईले आज किन यति छोटो भाषण दिनुभएको ?

नेता : मेरो घाँटीले गर्दा।

कार्यकर्ता : के तपाँईको घाँटीमा केहि समस्या छ ?

नेता : होइन, मैले चिठी पाएको थिएँ, जसमा लेखेको थियो, जसले लामो भाषण गर्छ उसको घाँटी काटिनेछ ।

मुन्द्रेले टेलीफोनको नम्बर डायल गर्यो। उता केटीले फोन रिसिभ गरी।

मुन्द्रे:- तिमी को बोलेको?

केटी:- सिता बोल्दैछु।

मुन्द्रे:- ए, मैले जनकपुर गरेको त, अयोध्या पो पुगेछ।

मुन्द्रेलाई समुन्द्रमा टाइटानिक डोब्दै गरेको बेलामा एक मानिसले सोध्यो:- दाई, कति पर जमिन भेटिन्छ?

मुन्द्रे:- २ कि. मि. पर

त्यो मानिस समुन्द्रमा हाम फाल्यो र बोल्यो:- कुन दिशा तिर?

मुन्द्रे:- मुनितिर

मुन्द्रे:- ओई भोकलाग्यो, कफी छिटो पिइ, त चिसो भइसक्यो।

भोकलाग्यो:- चिसो भएर के हुन्छ त?

मुन्द्रे:- बेबकुफ, मेनु हेरिनस्, हट कफी २० रुपैया, कोल्ड कफी ४० रुपैया

No comments:

Post a Comment